काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुमतिबिना सडक खनेको भन्दै एक व्यक्तिलाई कारवाही गरेको छ । महानगरले वडा नम्बर २९ का टेकबहादुर कठायतलाई कारवाही गरेको हो ।
वडा कार्यालयको अनुमतिबिना सडक खनेको पाइएपछि कठायतलाई कारवाही गरिएको महानगरले जनाएको छ ।
महानगरले कारवाहीस्वरुप कठायतलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । उनले ब्यारिकेट नराखी सडक खनेको पाइएको महानगरको भनाई छ । अनुमतिबिना असुरक्षित ढंगले सडक खनेको पाइएपछि महानगरले कारवाही गरेको हो ।
त्यस्तै, महानगरले क्षेत्राधिकारभित्र सडक खन्दा अनिवार्य रुपमा स्थानीय तहबाट अनुमति लिनुपर्ने र ब्यारिकेट राखेर सुरक्षित रुपमा मात्रै निर्माण कार्य गर्नुपर्ने व्यवस्था गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्