काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चुरोटको विज्ञापन गर्नेलाई कारवाही गरेको छ । महानगरले पोस्टर टाँसेर चुरोटको विज्ञापन गरेको भन्दै एक वितरकलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
महानगरले भर्खरै बजारमा आएको ‘क्यामेल चुरोट’को विज्ञापन गरेको भन्दै सेभेन ओसियन नाम वितरकलाई कारवाही गरिएको महानगरले जनाएको छ ।
उक्त वितरक कम्पनी काठमाडौँ महानगरपालिका-१६ मा स्थित छ । उक्त वितरक कम्पनीले क्यामेल चुरोटको पोस्टर टाँसेर विज्ञापन गरेको पाइएपछि कारवाही गरिएको महानगरको भनाई छ ।
हाल काठमाडौँका विभिन्न ठाउँमा पोस्टर टाँसेरै यो ब्रान्डको चुरोको विज्ञापन गरिएको छ । तर सूर्ति, चुरोट तथा गुट्कारहित महानगर बनाउने महानगरको योजना विपरीत हुने गतिविधि बढ्न थालेपछी महानगरले निगरानी र कारवाही दुवैमा कडाई गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्