Skip to content
LAXMI SUNRISE BANK

पठाओ र इन्ड्राइभलाई करको दयारामा ल्याउन सांसदको माग 

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले पठाओ र इन्ड्राइभमा कर लगाउन माग गरेका छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बस्नेतले सरकारसँग यस्तो माग गरेका हुन् । 

उनले हाल काठमाडौँ उपत्यकामा मात्रै १३ हजार ट्याक्सी र हजारौँ रातो नम्बर प्लेटका मोटरसाइकलले पठाओ र इन्ड्राइभमार्फत सेवा सञ्चालन गरिरहेको बताएका छन् । 

यी एप्लिकेशनहरु विदेशी भएको र नेपालका कुनै पनि निकायमा दर्ता नभएको हुँदा सवारी सेवाबाट आएको अर्बौं रकम बिना लगानी विदेशीरहेको भन्दै सांसद बस्नेतले यी एपलाई करको दायरामा ल्याउन माग गरेका छन् । 

‘पठाओ र इन्ड्राइभ हुँदै सवारी सेवाबाट आएको अर्बौं रकम बिना लगानी विदेशिएको छ ।’, उनले भने, ‘यी एपहरुलाई दर्ता गरी विदेशिने अर्बौं रकममा कर लगाएर नियमन गर्न सरकारको ध्यानाकर्ष गराउँछु ।’ त्यस्तै, सांसद बस्नेतले यी एपहरुले एउटै गन्तव्यको भाडादर फरकफरक राखेर यात्रुबाट मनपरी असुली गरिरहेको भन्दै त्यसलाई नियमन गर्न सरकारसँग माग गरेका छन् । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK