काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) ले १२औँ एनसिएएसए इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । एनकासाले फागुन ४ गते देखि क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको हो ।
उक्त क्रिकेट प्रतियोगितामा १३ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । खेल पुलचोक र ल्याबोरेटरी स्कुल क्रिकेट मैदानमा हुने जनाइएको छ ।
प्रतियोगिताको विजेताले एक लाख ४० हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उपविजेतालाई ७० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताका खेल लिगकम नकआउटमा सञ्चालन हुनेछ ।
वि.सं २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना विभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्