काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय ‘सेल्स ट्रान्सफरमेसन सेसन’ सम्पन्न गरेको छ। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौँमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैयमासको व्यापार समिक्षा गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०८१-८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरेको थियो । यस कम्पनीका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै कम्पनीका संचालक कमलेश कुमार अग्रवालले प्रतिकूल आर्थिक अवस्थाको बावजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीलाई अन्तरमनदेखि धन्यवाद ज्ञापन गरे । उनले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रुपमा रहेको र अहिले हासिल गरेको उपलब्धि भन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको कुरा समेत बताए । उनले ग्राहक मैत्री सेवाहरू प्रवाह गर्नका निम्ति कुनै पनि किसिमको सहयोग गर्न संचालक समिति सदैव तयार रहेको बताएका छन् । नेपाल लाइफको टिम बीमा उद्योगमानै सबैभन्दा उत्कृष्ट रहेको र यस टिमको परिचालनले उद्योगमा आमूल परिवर्तन ल्याउनेमा आफू निर्धक्क रहेको र सो लक्ष्य प्राप्तिका निम्ति सहजकर्ताको भूमिका निर्वाह गर्न संचालक समिति सकारात्मक रहेको बताए ।
यस सशक्त सेल्स टिमले आगामी दिनमा अथक मेहनत र परिश्रम गर्दै जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकाश र बीमाको पहुँचलाई आम नागरिक बीच पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । समस्त सरोकारवालाहरूलाई उच्चतम प्रतिफल प्रदान गर्ने अभिप्रायका साथ कम्पनीले लगानीलाई विविधिकरण गर्दै लगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । बैंकमा तरलता बढ्दै गर्दा लगानीको प्रतिफलमा कमी नआओस् र लगानीको प्रतिफल झन् वृद्धि होस् भन्ने हेतुलेनै कम्पनीले शिक्षा, हाइड्रोपावर तथा जग्गाहरूमा नेपाल बिमा प्राधिकरणको लगानी सम्बन्धी निर्देशिकाको अधीनमा रहेर लगानी गर्दै आएको बताए ।
साथै, कम्पनीको गौरवशाली इतिहासलाई कायम राख्दै बीमा बजारको विस्तारमा सम्पूर्ण नेपाल लाइफकर्मीलाई लाग्न पनि आग्रह गरे । कार्यक्रमामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र सोलाई मूर्तता प्रदान गर्न सहयोग गर्ने अभिकर्ताहरु, कर्मचारीहरु तथा समस्त सरोकारवालाहरुलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे । आम नेपाली नागरिक बीच अझै पनि बीमा सम्बन्धी सचेतना पर्याप्त रुपमा नपुगेको हुँदा बीमा बजारमा प्रचुर सम्भावना रहेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्