काठमाडौँ । सानिमा बैंकले ‘सानिमा फ्लेक्सी फण्ड’ सार्वजनिक गरेको छ । सानिमा क्यापिटलद्वारा व्यवस्थापन गरिने उक्त खुलामुखी सामूहिक लगानी कोषको सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डले समेत स्वीकृति प्रदान गरिसकेको छ ।
उक्त योजनाको पहिलो चरणमा स्वीकृत कोष आकार १ अर्ब रुपैयाँ रहेको छ ।
योजना अन्तर्गत कुल १० करोड इकाईमध्ये ४ करोड इकाई सर्वसाधारणका लागि पहिलो चरणमा सार्वजनिक बिक्री खुला गरिनेछ । योजनाको कुल आकारको १३ प्रतिशत कोष प्रवद्र्धक सानिमा बैंक लिमिटेड र २ प्रतिशत अर्थात २० लाक इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि र बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।
उक्त योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले सानिमा क्यापिटल लिमिटेडको कार्यालय, तोकिएका वितरकहरु वा अनलाइनमार्फत इकाई खरिदका लागि आवेदन दिन सकिनेछ । साथै व्यवस्थित लगानी योजना मार्फत पनि लगानीको अवसर उपलब्ध हुने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्