काठमाडौँ । शिवम् सिमेन्ट उत्पादन श्रेणीमा ‘कर्पोरेट उत्कृष्टता पुरस्कार २०२४’ बाट सम्मानित भएको छ। फागुन १३ गते काठमाडौँमा कर्पोरेट क्लब नेपाल प्रालिद्वारा कर्पोरेट उत्कृष्टताका लागि मानव संसाधन पुरस्कार कार्यक्रम मार्फत शिवम् सिमेन्ट्सलाई उत्पादनमुलक वर्गिकरण कम्पनीहरु मध्येबाट उत्कृष्ठ छनौट भई उक्त अवार्डबाट सम्मान गरिएको हो ।
कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो जसमध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई उत्पादन श्रेणीमा ‘कर्पोरेट उत्कृष्टता पुरस्कार २०२४’ अवार्डबाट सम्मानित गरिएको हो ।
यसरी उत्कृष्ठ उत्पादनमुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भईसकेको छ ।
एनएस गुणस्तर पुरस्कार-२०१९
ऊर्जा र वातावरण दक्षता पुरस्कार-२०१९
उत्कृष्ट अन्तर्राष्ट्रिय नेतृत्व उपलब्धि पुरस्कार-२०२३, संयुक्त अरब इमिरेट्स (युएई), दुबई
महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार-२०२३, भारत
संगठन बिक्री उत्कृष्टता पुरस्कार-२०२३
वर्षको उत्कृष्ट व्यवस्थित कम्पनी-२०२२
५३ ग्रेड तथा ४३ ग्रेडको ओपिसि सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओपिसि सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला-ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर, नि:शुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओपिसि सिमेन्ट बन्न सफल भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्