Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकका ग्राहकहरूलाई सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटल प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंक र सूर्यविनायक १० मिलनचोक, भक्तपुरस्थित सूर्यविनायक मिसन हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

यस सम्झौता बमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकहरूलाई प्रयोगशाला परीक्षण, एक्सरे, युसिजी तथा ओपीडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १०  प्रतिशत छुट हुने भएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

साथै, आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK