×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई स्टे होटल भ्याली भ्यूमा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई स्टे होटल भ्याली भ्यूमा विशेष छुट

Artha Sarokar

१२ फाल्गुन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूबीच छुट सम्झौता भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई आफ्नो सेवामा छुट दिने सम्झौता भएको हो ।

जसअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा सांग्रिला डेभलपमेन्ट बैंकको डेबिट कार्ड वा क्यूआर कोड मार्फत खाना, कोठा र बेभरेजको भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् । यस्तै, बैंकका कर्मचारीलाई २० प्रतिशत छुट दिइने जनाइएको छ ।

उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको नेपालगञ्ज क्लस्टरका प्रमुख जयन्द्र बहादुर खड्का र स्टे होटल भ्याली भ्यूका म्यानेजिङ डाइरेक्टर तर्क बहादुर शाहीले फागुन ११ गते हस्ताक्षर गरेका हुन् । यो सम्झौता दुई वर्षका लागि लागू हुने छ ।

सो सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी