Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुर मुद्दामा फरार रहेकी सुस्मिता पक्राउ

अर्थ सरोकार

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा फरार रहेकी प्रतिवादी पक्राउ परेकी छन्। पक्राउ पर्नेमा जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं ३ गाभर घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं २९ अनामनगर बस्ने २७ वर्षीया सुस्मिता परियार रहेकी छिन्।

सम्मानित जिल्ला अदालत सुर्खेतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई उनी फरार रहेकी थिइन्।  परियारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले अनामनगरबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK