काठमाडौँ । सरकार नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने तयारीबाट ‘ब्याक’ हटेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने र सोही बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने तयारी गरेको सरकार अन्ततः सो तयारीबाट ‘ब्याक’ हटेको हो ।
डेडिकेटेड तथा ट्रंक लाइन विवादपछि कुलमानबाट चिढिएका प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा उर्जामन्त्री दीपक खड्काले घिसिङलाई प्राधिकरणबाट हटाउन यसअघिदेखि नै कसरत गर्दै आएका थिए ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि प्रधानमन्त्रीकै जोडबलमा उर्जामन्त्री खड्काले नै कुलमानलाई प्राधिकरणबाट हटाउने प्रस्ताव पेस गर्ने तयारी गरेका थिए । तर, तत्काल कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाए अन्य कांग्रेसी मन्त्रीहरुले सरकार छोड्ने चेतावनी दिएपछि सरकार उक्त निर्णयबाट ब्याक हटेको एक मन्त्रीले बताएका छन् ।
‘उर्जामन्त्री ज्यूले प्रधानमन्त्रीको जोडबलमा कुलमानलाई प्राधिकरणबाट हटाउने प्रस्ताव बैठकमा पेस गर्ने तयारी गर्नुभएको थियो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती मन्त्रीले भने, ‘तर कुलमानलाई चलाउनु अहिलेको स्थितिमा ठिक हुँदैन ।’
यसो त कुलमानलाई प्राधिकरणबाट हटाउने तयारी कांग्रेसी मन्त्री खड्काले नै गरेपनि स्वयम् काँग्रेसका अन्य मन्त्रीहरुले त्यसमा फरक मत राखेका थिए । अघिल्लो मन्त्रिपरिषद् बैठकमा कुलमानलाई प्राधिकरणबाट हटाउने उर्जामन्त्रीको प्रस्तावमा गृहमन्त्री रमेश लेखकले अहिलेको स्थितिमा कुलमानलाई हटाउन ठिक नहुने भन्दै प्रस्तावको विरुद्धमा मत राखेपछि प्रस्ताव रोकिएको थियो । यसपटक पनि काँग्रेसी अन्य मन्त्रिहरुको विरोध र चेतावनीपछि सरकार ब्याक हटेको छ भने उर्जामन्त्रीको कुलमान हटाउने प्रयास खेर गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि सरकारलाई असहयोग गरेको भन्दै कुलमान हटाउने पक्षमा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्