काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाल देश धनी भएर पनि नेपाली भने अभाव र गरिबीमा बाँचिरहेका बताएका छन् । शुक्रबार रामेछापको ऐतिहासिक खाँडादेवी मन्दिरमा खाँडादेवी विकास कोषको १२ साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले नेपाल संस्कार, संस्कृति र प्रकृतिले धनी भएपनि त्यसको उपयोग गर्न नसक्दा गरिब हुनुपरेको बताएका छन् ।
मानव समुदायको उत्पत्ति र विकाससँगै नेपाली सभ्यता र संस्कृतिको विकास भएको सभामुख घिमिरेको भनाइ छ । उनले नेपालमा हजारौँ वर्ष पुराना संस्कार र संस्कृति भएका बताउँदै घिमिरेले त्यसको उचित उपयोग गर्न सक्नुपर्ने बताएका छन् ।
‘धर्म, संस्कार, संस्कृति र पर्यटनको हिसाबले नेपालमा विभिन्न महत्वपूर्ण स्थान छन् । तर ती ठाउँको प्रचार हुन सकेको छैन ।’, उनले भने, ‘यसको प्रचार गर्ने हो भने नेपाल पर्यटनको हिसाबले महत्वपूर्ण ठाउँ बन्न सक्छ । त्यसले नेपालको विकासमा कायापलट गर्न सक्छ ।’
त्यस्तै, सभामुख घिमिरेले यस्ता स्थानको संरक्षणमा प्रचारमा राज्यले मात्र नभएर समुदायले पनि भूमिका खेल्नु पर्ने बताएका छन् । त्यस्ता ठाउँका सम्पत्तिको संरक्षण र पारदर्शितामा ध्यान दिनु पर्नेमा उनले जोड दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्