×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर अधिकारीविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’मा 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गभर्नर अधिकारीविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’मा 

Artha Sarokar

५ फाल्गुन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि हेर्न नभ्याइनेमा परेको हो ।

योसँगै आज (सोमबार) पनि गभर्नर अधिकारीको नियुक्तिविरुद्ध परेको उक्त रिटको सुनवाई नहुने भएको छ । 

गभर्नर अधिकारीको नियुक्तिमाथि प्रश्न उठाउँदै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको सिफारिसमा मन्त्रिपरिषदले २०७८ चैत २४ गते जाँचबुझ समिति गठन गरेको थियो । जुन समितिको अध्यक्ष पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी थिए । जाँचबुझ समिति गठन भएसँगै उनी स्वतः निलम्बनमा परेका थिए । 

तर, सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै गभर्नर अधिकारीलाई निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सोही रिटमाथिको सुनुवाइ आज (सोमबार) हुने भनिएको थियो । तर, आज पनि उक्त रिटमाथिको सुनुवाइ नहुने भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी