×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने तीन जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने तीन जना पक्राउ

Artha Sarokar

२८ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ घर भई ललितपुर महानगरपालिका-१ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दियाको राजापुर नगरपालिका-७ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१० बस्ने ३४ वर्षीया सिर्जना पौडेल र खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-४ बस्ने ३८ वर्षीय राकेशन राई रहेका छन् ।
श्रेष्ठले सिंगापुर पठाउने भन्दै तीन जनाबाट सात लाख, पौडेलले क्रोएसिया पठाउने भन्दै दुई जनाबाट ६ लाख र राईले युके पठाउने भन्दै पाँच जनाबाट २७ लाख ९० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
आकर्षक तलब हुने प्रलोभनमा पारेर उनीहरुले पीडितबाट रकम ठगी गरेका थिए । पीडितहरुले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले  उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी