×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विदेश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

Artha Sarokar

२५ माघ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय रमेश कुमार डि.स, ४१ वर्षीय जै बहादुर वली र ३८ वर्षीय रविन कार्की रहेका छन् ।

उनीहरूले आर्कषक तलबको प्रलोभनमा पारेर सिंगापुर, क्रोयसिया, स्लोभाकियालगायत देश पठाउने भन्दै रकम ठगी गरेका थिए । विदेश पठाउने भन्दै विभिन्न व्यक्तिबाट पैसा उठाएर विदेश नपठाई सम्पर्क विहिन भएका उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रमेश कुमार डि.स. ले एक जनालाई सिङ्गापुर पठाउने भन्दै १० लाख रुपैयाँ,  जै बहादुर वलीले एक जनालाई क्रोयसिया पठाउने भन्दै ६ लाख रुपैयाँ र रविन कार्कीले स्लोभाकिया पठाउने भन्दै ११ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

हाल उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी