Skip to content
LAXMI SUNRISE BANK

अमेरिका पठाउने भन्दै २१ लाख ठगी गर्ने दुईजना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । अमेरिका पठाउने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभन देखाएर अमेरिका पठाइदिन्छु भन्दै २१ लाख ठगी गर्ने दुईजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिरहा नगरापलिका-८ घर भई हाल काठमाडौँ महानगरपालिका-३२ बस्ने ३३ वर्षीय रमेश कुमार ठाकुर र धनुषा विदेह नगरपालिका-५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने २९ वर्षीय बिशाल ठाकुर रहेका छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँको तीनकुने र कोटेश्वरबाट पक्राउ गरेको हो । उनीहरुलाई अमेरिका पठाउने भन्दै दुई जनाबाट २१ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK