काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५४ वर्षीय लिल बहादुर राई र ३७ वर्षीय बिशाल श्रेष्ठ रहेका छन् ।
उनीहरुले बेरोजगार युवा युवतीलाई आकर्षक तलब हुने प्रलोभनमा पारेर रकम ठगी गरेका थिए । प्रहरीका अनुसार लिल बहादुर राईले दुई जनालाई मलेसिया पठाउने भन्दै दुई लाख रुपैयाँ ठगी गरेका थिए ।
त्यस्तै, बिशाल श्रेष्ठले एक जनालाई क्रोयसिया पठाउने भन्दै एक लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।
उनीहरुलाई प्रहरीले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्