काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ७ घर भइ हाल काठमाडौँ महानगरपालिका वडा नं. २ लाजिम्पाट बस्ने २७ वर्षीय सरन थापा र इलाम जिल्ला सुर्योदय नगरपालिका वडा नं. १० घर भइ हाल कागेश्वर मनोहरा नगरपालिका वडा नं. ९ पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी रहेका छन् ।
उनीहरुले सिंगापुर, चेक रिपब्लिकलगायतका देश पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेका थिए । प्रहरीका अनुसार पक्राउ परेका सरन थापाले १३ जनालाई सिंगापुर पठाउने भन्दै ७१ लाख १९ हजार ठगी गरेका थिए ।
त्यस्तै, मिकेश सुवेदीले १ जनालाई चेक रिपब्लिक पठाउने भन्दै दुई लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।
हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्