×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्द हुँदै यूएसएआईडी, हजारौँ एनजिओकर्मीको उठिबास लाग्दै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बन्द हुँदै यूएसएआईडी, हजारौँ एनजिओकर्मीको उठिबास लाग्दै !

Artha Sarokar

२१ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अमेरिकी सरकारले अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागेको छ । यूएसएआईडी बन्द गर्न लागेको अमेरिकी सरकारी दक्षता विभागका निर्देशक एलन मस्कले घोषणा गरेका हुन् । 

उनले सामाजिक सञ्जाल एक्समा एक अडियो पोष्ट गर्दै यूएसएआईडी बन्द गर्ने प्रक्रिया थालिएको बताएका छन् । 

यूएसएआईडी बन्द गर्ने मस्कको घोषणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसमेत समर्थन जनाएका छन् । यद्यपि ह्वाइट हाउसले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । 

अमेरिकाले यूएसएआईडीमार्फत नेपालमा आर्थिक सहयोग प्रदान गर्दै आएको छ । यूएसएआईडी बन्द भएसँगै एनजिओ/आइएनजिओ तथा गैरनाफामूलक कम्पनीमार्फत नेपालले पाइरहेको सहयोग बन्द हुनेछ भने यूएसएआईडी बन्द हुँदा नेपालमा थुप्रै एनजिओकर्मीहरुको उठिबास लाग्नेछ । केही दिनयता नेपालमा यूएसएआईडको वेबसाइटसमेत बन्द छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी