काठमाडौँ । धरहरा चढ्नेहरुबाट हालसम्म २ करोड बढी राजस्व संकलन भएको छ ।
गत असोजदेखि सञ्चालनमा आएको धरहरा चढ्नेहरुबाट हालसम्म २ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गरिएको हो । धरहरा असोजदेखि सञ्चालनमा आए पनि धरहरा चढेको शुल्क मंसिर ९ गतेदेखि लिन थालिएको हो ।
त्यसअघि धरहरा निःशुल्क चढ्न पाइने व्यवस्था गरिएको थियो । हाल धरहरा चढ्न १० वर्षभन्दा माथिका नागरिकले दुई सय रुपैयाँ शुल्क तिर्नुपर्छ । ज्येष्ठ नागरिक, विद्यार्थी र अपाङ्गता भएका व्यक्तिका लागि भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
त्यस्तै, विदेशी नागरिकको हकमा सार्क राष्ट्रका पर्यटकलाई ५ सय रुपैयाँ र सार्क बाहिरका पर्यटकका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ । धरहरा सञ्चालनमा आएयता १ लाख ३० हजार जना धरहरा चढेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्