काठमाडौँ । सर्लाहीमा मापदण्डविपरीत सञ्चालन भइरहेका १९ अस्पताल बन्द गरिएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरेको अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भइरहेका १९ अस्पताल बन्द गरिएका हुन् ।
बन्द गरिएका अस्पतालहरु लालबन्दी नगरपालिकास्थित लालबन्दीचोक र नवलपुर चोकमा मापदण्ड विपरीत सञ्चालन भएको पाइएको मुख्यमन्त्री सिंहले बताएका छन् ।
सिंहका अनुसार यी क्षेत्रमा सञ्चालित २३ स्वास्थ्य संस्थामा अनुगमन गर्दा १९ अस्पताल मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको थियो । ती अस्पतालहरु अनुमतिपत्र नै नलिई सञ्चालन गरेको भेटिएको पनि मुख्यमन्त्री सिंहले बताएका छन् । सोही कारण ती अस्पताल बन्द गर्न निर्देशन दिइएको सिंहको भनाई छ ।
त्यस्तै, मुख्यमन्त्री सिंहले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हुने लापरवाहीलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने पनि बताएका छन् । अनुगमनमा दुईवटा स्वास्थ्य संस्थासँग अनुमतिपत्र लिएको र दुई वटाले नवीकरण नगरेको देखिएको मन्त्री सिंहको भनाई छ । ती संस्थालाई पनि तत्काल आवश्यक कागजात मिलाउन निर्देशन दिइएको मन्त्री सिंहले बताएका छन् ।
हाल मधेश सरकारले स्वास्थ्य सेवाका मापदण्ड पालन नगर्ने संस्थाहरूलाई कडा कारबाही गर्ने नीति अगाडि सारेको छ । यसअनुसार अनुगमन प्रक्रिया निरन्तर जारी रहने र अब आउने दिनहरूमा झन् बढी सतर्कता अपनाइने मुख्यमन्त्री सिंहले बताएका छन् । जनताले आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने अधिकारलाई ध्यानमा राख्दै मुख्यमन्त्री सिंहले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित निकायलाई थप जिम्मेवारीको साथ अघि बढ्न आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्