काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले छ वटा मोटरसाइकल र १४ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
सवारी साधन हराएको भनी प्राप्त निवेदनका आधारमा खोजतलास थालेको प्रहरीले वास्तविक र नक्कली नम्बर प्लेट राखी सञ्चालन गरेको अवस्थामा काठमाडौँको युएनपार्क, एयरपोर्ट, नयाँबसपार्क, गुहेश्वरी, गौशाला, सुन्दरीजल, कालीमाटी, ठमेल, मालिगाउँ, चुनदेवी, जगाती, दीपज्योती, बौद्ध, गोकर्णेश्वर, नरेफाँट र नेपालटारलगायतका स्थानबाट ती सवारी साधन फेला पारेको जनाएको छ ।
ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा हालसम्म ३३७ वटा हराएका सवारी साधन फेला पारी धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका ३६ वटा सवारी साधनसहित त्यसमा संलग्न ५३ जनालाई आवश्यक कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
हराएको सवारी साधन फेला पारी हस्तान्तरण गरेकामा सवारी धनीहरुले ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७९/०८० मा ४९९ र आर्थिक वर्ष २०८०/०८१ मा चार सय १७ वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी धनीलाई हस्तान्तरण गरेको थियो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिपक गिरीले सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्न आग्रह गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्