काठमाडौँ । पशुपति बालुवाखानी प्रकरणमा तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी छन् । उनीहरुलाई काठमाडौँ उपत्यका तथा विभिन्न ठाउँबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
पक्राउ परेका जोशी र श्रेष्ठ पूर्वस्थानीय विकास अधिकारी (एलडीओ) हुन भने रेग्मी पशुपति विकास कोषका पूर्वनिर्देशक हुन् । उनीहरुलाई विशेष अदालतले एक महिनाअघि पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गरेको थियो ।
अदालतले प्रेमराज जोशी र राजुकुमार रेग्मीलाई ६-६ महिना कैद र महेन्द्रलाल श्रेष्ठलाई ४ वर्ष कैद सजाय तोकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्