काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या ह्वातै बढेको छ । चालु आर्थिक वर्षको ८ महिनामा काम खोज्दै नेपालबाट झण्डै साढे ५ लाख युवा विदेश गएका हुन् ।
साउनदेखि फागुनसम्म ५ लाख ३४ हजार ४ सय ७१ युवा विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो तथ्यांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.४७ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा वैदेशिक रोजगारीका लागि ४ लाख ७१ हजार जनाले श्रम स्वीकृति लिएका थिए ।
विभागका अनुसार २०८१ साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९० र मंसिरमा ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । यस्तै, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्