काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई)मा मकवानपुरका ६ जना कैदीबन्दी सहभागी भएका छन् । भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीबाट ६ जना कैदीबन्दी परीक्षामा सहभागी भएका हुन् ।
शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख गिरीका अनुसार भीमफेदी कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका ३ जना बन्दी र ३ जना कैदी एसइई परीक्षामा सहभागि भएका छन् ।
परीक्षामा कारागारमा रहेका सवारी ज्यान मुद्दा, जबरजस्ती करणी, डाँका, चोरी र लागूऔषध मुद्दाका ६ जना कैदीबन्दीले परीक्षा दिएको कारागारका जेलर तीर्थराज पौडेलले बताएका छन् । पौडेलका अनुसार उनीहरुका लागि परीक्षा कारागार भित्रैबाट दिने व्यवस्था मिलाइएको छ ।
उनीहरुले हेटौँडा उपमहानगरपालिका-२ स्थित सिद्धार्थ माध्यामिक विद्यालयबाट एसइई परीक्षाको फाराम भरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्