×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंक र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता, ग्लोबलका ग्राहकलाई स्वास्थ्य सेवामा २५ प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्लोबल आइएमई बैंक र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता, ग्लोबलका ग्राहकलाई स्वास्थ्य सेवामा २५ प्रतिशत छुट

Artha Sarokar

८ चैत्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारीमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरेका हुन् ।

सहमति अनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई अस्पतालको सेवा तथा औषधी उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ ।

अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स-रे, अल्ट्रासोनोग्राफी, ओ.पी.डी. र अपरेशन लगायतका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरुले गुणस्तरीय स्वास्थ्य सेवा सुबिधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए । पोखरेलले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पारे ।

यसैगरी, ग्लोबल आइएमई बैंकका लुम्बिनी प्रदेश प्र्रमुख शान्ता शिवाकोटीले लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्धि हुने विश्वास व्यक्त गरे ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका विभिन्न समयसान्दर्भिक छुट योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी