काठमाडौँ । ललितपुरको गाउँ खोकनामा यतिबेला तोरी फुलेर सुन्दर दृश्य देखिएको छ । तोरी फुलेर खोकनाका खेतबारी छपक्क ढाकेको छ ।
खोकना काठमाडौँ नजिकैको तोरीको तेलका लागि प्रख्यात छ । यहाँ स्थानीयले कोलबाटै तोरीको तेल पेल्छन् । कतिपयले त तोरीकै तेल बेचेरे दैनिकी चलाउने पनि गरेका छन् ।
तोरीको तेलको लागि निकै ख्याति कमाएको खोकना र बुंगमती अहिले पहेँलपुर बनेको छ । फाँटमा फुलेर पहेँलपुर तोरीले यहाँको सुन्दरता निकै बढेको छ । शनिवार र बिदाको दिन अहिले आन्तरिक पर्यटकहरु पनि फोटो भिडियो खिच्दै गरेको देखिन्छ । बाँकि तस्विरमा हेर्नुहोस्: