Skip to content
LAXMI SUNRISE BANK

एप्पल सेक्युरिटिजको कारोबार ३ दिनका लागि निलम्बन 

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एप्पल सेक्युरिटिज अर्थात ब्रोकर नम्बर १०१ को सेयर कारोबार निलम्बन गरेको छ । 

नेप्सेले कम्पनीको सेयर कारोबार तीन दिनका लागि निलम्बन गरेको हो । 

तोकिएको समयावधिभित्र राफसाफ तथा फछर्यौट कार्य नगरेकोले ब्रोकर नम्बर १०१ को सेयर कारोबार तीन कार्य दिनका लागि निलम्बन गरिएको नेप्सेले जनाएको छ । 

नेप्सेका अनुसार उक्त ब्रोकरको कारोबार निलम्बन गर्न भन्दै सिडिएस एण्ड क्लियरिङ लिमिटेडले फागुन १० गते नेप्सेमा सिफारिस गरेको थियो । नेप्सेका अनुसार सोही सिफारिस अनुसार ब्रोकर नम्बर १०१ को कारोबार निलम्बन गरिएको हो । यस्तो छ नेप्सेको सूचना:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK