काठमाडौँ । खातामा पैसा नहुँदा नहुँदै चेक काट्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चेक अनादर बिगो मुद्दामा फरार रहेका जिल्ला मोरङ रङ्गेली नगरपालिका वडा नं २ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं २९ बस्ने ५३ वर्षीय महेश्वर पोख्रेल रहेका छन् ।
भोजराज पौडेलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी महेश्वर पोख्रेल भएको चेक अनादर मुद्दामा प्रतिवादी महेश्वर पोख्रेललाई सम्मानित काठमाडौँ जिल्ला अदालतबाट २०७३ जेष्ठ १८ गतेको फैसला बमोजिम भरी पाउने बिगो रु आठ लाख छैसठ्ठी हजार चार सय त्रिचालीस रुपैयाँ र सो को भरिभराउ हुँदा सम्मको कानून बमोजिम हुने ब्याज समेत प्रतिवादीबाट दिलाइ भराई पाउँ भनी वादीको दर्खास्त परी कारबाही चलेको थियो।
यता, प्रतिवादीले बिगो दाखिला गर्न नसकेकोले सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०७८ असोज २६ गतेको आदेशानुसार फैसला भई उनी फरार रहेका थिए।
फरार रहेका पोख्रेललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले फागुन १९ गते काठमाडौँ महानगरपालिका वडा नं ३१ भिमसेनगोलाबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौँ जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्