Skip to content
LAXMI SUNRISE BANK

व्यवसायी प्रसाईं बने राजावादी आन्दोलनको कमान्डर 

अर्थ सरोकार

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं राजावादी आन्दोलनको कमान्डर बनेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिमा प्रसाईंलाई कमान्डरको जिम्मेवारी दिइएको हो । 

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई कमान्डरको जिम्मेवारी दिइएको जानकारी गराएका छन् । 

प्रसाईंकै नेतृत्वमा शुक्रबार (भोली) काठमाडौँको तीनकुनेमा प्रदर्शन हुँदैछ । सुवेदीले उक्त प्रदर्शनमा सहभागी हुन सम्पूर्णलाई अपिल समेत गरेका छन् । अर्कोतर्फ शुक्रबार गणतन्त्र पक्षधरहरुले पनि काठमाडौँमा प्रदर्शन गर्दैछन् । 

गणतन्त्र पक्षधरका लागि भने काठमाडौँमा प्रशासनले प्रदर्शन स्थान भृकुटिमण्डप तोकिदिएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK