काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले काठमाडौं कमलादीस्थित आफ्नै कार्यलय भवनमा उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।
सिटी एक्सप्रेसको सो योजनामा कोरियाबाट रेमिट्यान्स पठाउने निराजन ढकालले आफुले पठाएको रकमको १८ गुणा रकम जित्न सफल भएका थिए । उनले जि मनि ट्रान्स मार्फत सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई पठाएको रकमको १८ गुणा गरी ७ लाख ५४ हजार ३६२ रुपैयाँ जितेको कम्पनीले जनाएको छ ।
सोही रकम ढकालकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना दुई जनालाई सामसुङको स्मार्टफोन, हरेक हप्ता दुई जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को सिटी पे वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।
जसअन्तर्गत १६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप अप ) , २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टि भी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन ) जित्न सफल भईसकेका छन् ।
सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ । हरेक वर्ष नयाँ नयाँ विषय वस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस वर्ष भने आर्थिक सम्बृद्धीको विषय वस्तुमा क्यालेन्डर तयार पारेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्