Skip to content
LAXMI SUNRISE BANK

रामेछापको खाँडादेवीमा सुरु भयो दुर्गा मन्दिर निर्माणको काम

अर्थ सरोकार

काठमाडौँ । रामेछापमा दुर्गा मन्दिरको शिलन्यास गरिएको छ । जिल्लाको खाँडादेवी गाउँपालिका–८ काम्बारी भदौरेस्थित भण्डारी गाउँमा दुर्गा माताको मन्दिर शिलन्यास गरिएको हो ।

स्वर्गीय कृति बहादर भण्डारी र जानुका कुमारी भण्डारीको स्मृतिमा मन्दिर निर्माणका लागि ज्येष्ठ नागरिक उदय बहादुर भण्डारीले भूमिदान गरेका थिए । उनकै सभापतित्वमा एक कार्यक्रमकाबीच मन्दिरको शिलन्यास गरिएको हो । उनले मन्दिरसँगै आयुर्वेद केन्द्रका लागि पनि जग्गा दान गरेका छन् ।

मन्दिर शिलन्यास कार्यक्रममा पिङखुरीबाट निर्वाचित अध्यक्ष अक्कल बहादुर भण्डारी, भण्डारी सेवा समाज नेपाल (रघुवंशी कौशिक गोत्रीय) का निवर्तमान अध्यक्ष तथा संरक्षक केशर बहादुर भण्डारी (अर्जुन), केन्द्रीय उपाध्यक्ष कुमार भण्डारी, सचिव रोज कुमार भण्डारी, रामेछाप जिल्ला उपाध्यक्ष शेर बहादुर भण्डारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

उक्त मन्दिरले धार्मिक र सांस्कृतिक महत्व झल्काउनुका साथै समाजमा सद्भाव र एकताको सन्देश फैलाउनेमा उदय बहादुर भण्डारीले विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथिले मन्दिर निर्माण कार्यलाई सफल पार्न सबै पक्षले सहयोग गुर्नपर्ने धारणा व्यक्त गरेका छन् । आफू जन्मेको ठाउँमा मन्दिर बनाउने अवसर पाएको भन्दै समाजका निवर्तमान अध्यक्ष केशर बहादुर भण्डारीले खुसी व्यक्त गरेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK