काठमाडौँ । राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिल्सनाले उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन माग गरेकी छिन् ।
आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले लामो समयदेखि बन्द अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन माग गरेकी हुन् ।
उद्योग सञ्चालन नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरुले पारिश्रमिक पाउन नसकेको तिमिल्सनाले बताएकी छिन् । सामाजवादउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै गइरहेको भए पनि नेपालमा दातृ देशहरुले बनाइदिएका उद्योगहरु धमाधम बन्द हुन थालेको र दुःखद रहेको उनले बताएकी छिन् ।
उनले उद्योग यथाशीघ्र सञ्चालन गरेर श्रमिकमाथि खेलवाड नगर्न पनि सरकारसँग माग गरेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्