काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले टोखामा ट्रकमा भेटिएको २५ करोड माओवादीको भएको आरोप लगाएका छन् । सार्वजनिक कार्यक्रममा बोल्दै प्रसाईंले यस्तो आरोप लगाएका हुन् ।
उनले काठमाडौँको टोखास्थित झोर क्षेत्रबाट ट्रकमा तस्करी गरेर चीन लैजाँदै गरेको २५ करोड २२ लाख ४५ हजार रुपैयाँ माओवादी केन्द्रको भउको दाबी गरेका छन् ।
यतिसम्म कि प्रसाईंले उक्त रकम माओवादीको भएको र माओवादी निकट तिब्बतीले लगिरहेको पनि दाबी गरेका छन् । प्रसाईंले उक्त डलर तस्करी प्रकरणमा ठूला नेताको समेत संलग्नता भएको दाबी गरेका छन् ।
प्रसाईंले उक्त रकम चीनमा लैजाने र चीनबाट अवैध रुपमा भारतमा सुन तस्करी गर्ने योजना भएको पनि बताएका छन् । हाल प्रहरीले उक्त डलर तस्करी प्रकरणमा ना १ ख १६५२ नम्बरको ट्रक चालक कुसाङ लामालाई पक्राउ गरी थप अनुसन्धानसमेत अघि बढाएको छ । उक्त रकम चीन लगिँदै गरेको खुले पनि कुन प्रयोजनका लागि लगिँदै थियो ? भन्ने अझै खुलेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्