काठमाडौँ । गायक दुर्गेश थापा माध्यामिक शिक्षा परीक्षा (एसइई) अवधिभर कुनै पनि कार्यक्रममा सहभागी नहुने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक सूचना जारी गर्दै थापाले यस्तो घोषणा गरेका हुन् ।
उनले चैत ७ गतेदेखि सुरु हुने एसइई परीक्षा अवधिभर नेपालमा हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् ।
थापाले एसइई परीक्षाको समयमा कार्यक्रम गर्दै हिँड्दा त्यसले विद्यार्थीको पढाईमा ‘डिस्टर्ब गर्ने, ध्यान भंग हुने र भविष्यमा असर गर्ने भन्दै एसइई परीक्षा अवधिभर कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएका छन् ।
त्यस्तै, उनले परीक्षा अवधिभर कुनै पनि कार्यक्रममा सहभागि हुन आफूलाई सम्पर्क नगर्न पनि थापाले आग्रह गरेका छन् । साथै उनले एसइई परीक्षामा सहभागि हुने परीक्षार्थीहरुलाई शुभकामना पनि दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्