Skip to content
LAXMI SUNRISE BANK

भ्रष्टाचारी ठहर भएका विद्युत प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

अर्थ सरोकार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा फरार रहेका उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशमा उप्रेतीलाई काठमाडौँको बनस्थलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उप्रेतीलाई सोमबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेर डिल्लीबजार कारागार चलान गरिएको छ । 

उनलाई सर्वोच्च अदालतले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै २ करोड ५५ लाख १६ हजार ४ सय ८३ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो । 

अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेर सजाय सुनाए पनि उनी फरार हुँदै आएका थिए । अन्ततः पक्राउ परेका उप्रेतीले अब अदालतको फैसला अनुसार सजाय भोग्नुपर्नेछ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK