Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँ उपत्यका विकास प्राधिकरणमा कर्मचारीद्वारा तालाबन्दी

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणमा कर्मचारीले तालाबन्दी गरेका छन् । कर्मचारीहरुले प्राधिकरणका प्रमुख एवं विकास आयुक्त जानुका ढकालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

त्यस्तै,  उनीहरुले नायव विकास आयुक्त नवराज प्याकुरेलको कार्यकक्षमा पनि ताला लगाएका छन् । जिल्ला आयुक्तको कार्यकक्षमा तालाबन्दी लगाउने तयारी गरेका कर्मचारीहरुले जिल्ला आयुक्त भित्रै भएका कारण तालाबन्दी गर्न पाएका छैनन् ।

प्राधिकरणमा कर्मचारीहरुले विभिन्न माग राख्दै आन्दोलन थालेपछि तनावको अवस्था सिर्जना भएको हो । हाल कार्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK