काठमाडौँ । पूर्वअर्थमन्त्री युवराज खतिवडाले वैदेशिक रोजगारीको अन्त्य तत्काल सम्भव नभएको बताएका छन् । सोमबारदेखि सुरु भएको रोजगार मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडाले देशभित्र नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिन सकिने अवस्था भए पनि पुरानो ठूलो शक्ति बेरोजगार भएकै कारण वैदेशिक रोजगारको तत्कालै अन्त्य गर्न कठिन भएको बताएका छन् ।
डा. खतिवडाका अनुसार हाल देशमा बेरोजगारहरुको संख्या ४ लाख भन्दा धेरै गुणा माथि छ । अहिले श्रम बजारमा प्रवेश गर्नेहरुलाई आर्थिक वृद्धिबाट रोजगारी दिन सकिए पनि पुरानो श्रम बजारमा रहेका बेरोजगार र अर्ध बेरोजगारलाई पनि रोजगारीमा ल्याउन अझै धेरै वर्ष लाग्ने उनको भनाई छ ।
यही कारण वैदेशिक रोजगारीको बाध्यात्मक स्थिति सृजना हुने डा. खतिवडाले बताएका छन् । त्यसैले वैदेशिक रोजगारीको अन्त्य तत्काल सम्भव नभएको उनले बताएका छन् ।
बेरोजगारीको अवस्था समाधान गर्न हाल वैदेशिक रोजगारीलाई मर्यादित बनाउने, प्रतिफलयुक्त बनाउने, वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई श्रमबजारमा फेरि आवद्ध गर्ने, उनीहरुले ल्याएको आर्जनलाई स्वरोजगारी र कामको अवसर सिर्जना गर्नेमा ध्यान दिनुपर्ने खतिवडाको भनाई छ । त्यस्तै, विदेशमा रहेको नेपालीहरुको सुरक्षाको ख्याल गर्नुपर्नेमा पनि उनले श्रम मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै, आगामी एक दशकलाई ‘रोजगार दशक’का रुपमा मनाइरहँदा एक दशकपछि कोही पनि वैदेशिक रोजगारीमा जानुनपर्ने अवस्था सृजना गर्नुपर्ने भन्दै उनले त्यसका लागि पनि केही सर्तहरु रहेको बताएका छन् । योसँगै हाल श्रमिकहरुको ज्याला साह्रै कम भएको स्वीकार्दै डा. खतिवडाले एउटा श्रमिकले वर्षमा न्यूनतम ३ लाख ५० हजार रुपैयाँ आम्दानी गर्नैपर्ने पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्