काठमाडौँ । एभरेष्ट बैंकले वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ। बैंकले नेपाल राष्ट बैंकको संयोजनमा विगत वर्षहरू जस्तै यस वर्ष पनी चैत्र ४ गतेदेखि सप्ताहव्यापी अभियान अन्तर्गतग्लोबल मनि विकको उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो ।
उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल र क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरूबीच वित्तीय साक्षरता सन्देश दिन सफल भएको छ । कार्यक्रममा केही विद्यार्थीहरुलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धि जानकारी गराईएको छ ।
बैंकले ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमरो’ भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्