Skip to content
LAXMI SUNRISE BANK

२३ करोडले बढ्यो छुर्पीको निर्यात, ८ महिनामा ६४ करोडको छुर्पी विदेश पठाइयो 

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो ८ महिनामा छुर्पीको निर्यात ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुनसम्म) मा छुर्पीको निर्यात २३ करोड रुपैयाँले बढेको हो ।

यसअवधिमा नेपालबाट ६४ करोड रुपैयाँ बराबरको छुर्पी निर्यात गरिएको छ । 

साउनदेखि फागुनसम्म सो मूल्य बराबरको ३ लाख ६९ हजार ६ सय ६८ किलो छुर्पी निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागको अनुसार परिमाणका आधारमा यो अवधिमा नेपालबाट १ लाख ४० हजार ३ सय २० किलो बढी छुर्पी निर्यात भएको छ । 

नेपालको छुर्पी अमेरिका, अस्ट्रेलिया लगायतका देशमा घरपालुवा कुकुर र बिरालोले रुचाएपछि माग बढ्दा निर्यात पनि बढेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK