काठमाडौँ । समयमा काम नगर्ने र कमसल काम गर्ने चार निर्माण कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कालोसूचीमा पर्नेमा एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौँ, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौँ रहेका छन् ।
कार्यालयका अनुसार ओम प्रकाश श्रेष्ठ मुख्य व्यक्ति रहेको अरनिको निर्माण सेवालाई तीन वर्ष, रामशरण अधिकारी मुख्य व्यक्ति रहेको आर.एस.ए कन्स्ट्रक्सनलाई डेढ वर्ष र एस डी कन्स्ट्रक्सन र मनकामना सप्लायर्सलाई एक-एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।
कालोसूचीमा पर्ने कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने भएका छन् । यस्तो छ कालोसूचीमा पर्ने कम्पनीहरुको विवरणः