काठमाडौँ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) माथि आक्रोश पोखेका छन् । मेयर शाहले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै स्टाटस लेखेपछि मन्त्री पाठकले मेयर शाहमाथि आक्रोश पोखेका हुन् ।
मेयर शाहले ‘भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ’ भन्दै स्टाटस लेखेका थिए ।
मेयर शाहको सोही स्टाटसप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री पाठक मेयर शाहमाथि खनिएका छन् । ‘यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही पनि गर्न नसक्ने । छानबिन समितिको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्र पस्न समेत नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्ने ? के हो बालेन भाइ तिम्रो पारा ?’, उनले लेखेका छन् ।
त्यति मात्र होइन, उनले मेयर शाहलाई ‘भाइ’ सम्बोधन गर्दै धम्कीपूर्ण शैलीमा ‘हेक्का राख’ भन्दै चेतावनीसमेत दिएका छन् । उनले लेखेका छन्, ‘हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौँ । नियम, कानुन र कार्यविधि भन्दा माथि कोही हुँदैन र तिमी पनि छैनौ । चार भागको एकभाग पनि पुँजीगत खर्च गर्न नसक्नेका कुरै चर्का । तिम्राजस्ता चर्का कुरा अरुहरुलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाइ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्