Skip to content
LAXMI SUNRISE BANK

आइतबार सुनचाँदीको मूल्य स्थिर

अर्थ सरोकार

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य स्थिर रहेको हो।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला १९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ४४ हजार १ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६४२ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK