Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार तोलामै १४ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

बिहीबार सुनको तोलामै १३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको थियो । सुन आज फेरि १४ सय  रुपैयाँले बढेर एक लाख ७६ हजार २०० रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

गत चैत ६ गते सुनको मूल्य एक लाख ७६ हजार पुगेको थियो । त्यसयता भने सामान्य घटबढ भईरहेको थियो । यहि रफ्तारमा सुनको मूल्य बढे छिट्टै तोलाको दुई लाख पुग्ने पक्का देखिएको छ ।

यता चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला २०४० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ५१ हजार ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १७४९ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK