काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुनको मूल्य तोलामै ११ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
आइतबार प्रतितोला एक लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ११ सय रुपैयाँले बढेर एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला २०३५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ५२ हजार ५ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १७४५ रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।