काठमाडौँ । सोमबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक सय रुपैयाँले बढेर एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १९ सय ८५ रुपैयाँमा कारोबार कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ४६ हजार ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १७ सय २ रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।