काठमाडौँ । सरकारको आम्दानी भन्दा खर्च बढी भएको देखिएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म सरकारले सात खर्ब ५४ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेको छ । जसमध्ये चालु खर्च ५ खर्ब २२ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने पुँजीगत खर्च ६८ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, यसअवधिमा सरकारको वित्तीय व्यवस्था खर्च एक खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । यस अवधिमा सरकारको कुल राजस्व परिचालन भने ६ खर्ब ४२ अर्ब ८५ करोड रुपैयाँ मात्रै रहेको छ ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म सरकारको आन्तरिक राजस्व भन्दा खर्च बढी देखिए पनि सरकारको विभिन्न खातामा तीन खर्ब ५० अर्ब ७ करोड नगद मौज्दात रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्