Skip to content
LAXMI SUNRISE BANK

भूमि बैंक स्थापना गर्ने सरकारको तयारी

अर्थ सरोकार

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले भूमि बैंक स्थापना गर्ने प्रक्रिया पुनः सुरु गर्न थालेको बताएका छन् । मङ्गलवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री अधिकारीले भूमि बैंक बनाउने कुरा विगतमा पनि आएको तर विरोध भएपछि रोकिएको भन्दै अहिलेको सरकारले पुनः भूमि बैंक बनाउने प्रक्रियाका लागि छलफल सुरु गरेको बताएका छन् ।

राम्रो काम गर्दा विरोध सुरु हुने गरेको भन्दै उनले विरोधका लागि विरोध नगर्न आग्रह गरेका छन् । साथै मन्त्री अधिकारीले भूमि सम्बन्धी समस्याहरु छोटो बाटोबाट समाधान गर्न भूमि सम्बन्धी अध्यादेश ल्याएको भएपनि अब ऐन नै ल्याउने तयारी गरेको बताएका छन् ।

भूमि व्यवस्था समस्या आयोगले आफ्ना कामहरु सुरु गरिसकेको र वास्तविक सुकुम्बासी र भूमिहीनलाई सरकारको नियमानुसार जग्गा उपलब्ध गराउने मन्त्री अधिकारीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK