काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले तिर्नुपर्ने भुक्तानी १७ अर्ब नाघेको छ । बोर्डले वर्षौंदेखि भुक्तानी दिन नसक्दा फागुन २५ गतेसम्म तिर्नुपर्ने बक्यौता १७ अर्ब ४२ करोड रुपैयाँ पुगेको हो ।
वर्षौंदेखि भुक्तानी दिन नसक्दा चालु आर्थिक वर्ष २०८१ ८२ मा सेवा प्रदायक संस्थाहरुले गरेको दाबी रकमको रुजुसमेत हुन सकेको छैन । अर्कोतर्फ रुजु भइसकेको गत आर्थिक वर्षको डेढ अर्ब रुपैयाँसमेत पैसा नभएको भन्दै भुक्तानी रोकिएको छ ।
स्वास्थ्य बीमा बोर्डको कोषमा हाल ३ अर्ब ७० करोड रुपैयाँ छ । २०७२ सालमा स्थापना भएको स्वास्थ्य बीमा बोर्डमा आर्थिक वर्ष २०७९ ८० सम्म प्रिमियरबाट ११ अर्ब ६२ करोड ७७ लाख १० हजार रुपैयाँ संकलन भएको थियो । तर, यही अवधिमा बोर्डको खर्च भने ४० अर्ब ७ करोड ३६ लाख २३ हजार रुपैयाँ छ ।
बोर्डको तथ्यांकले प्रत्येक वर्ष बोर्ड घाटामा सञ्चालन भइरहेको देखाउँछ । हाल स्वास्थ्य बीमा बोर्डमा ४८ निजीसहित ४ सय ८४ वटा स्वास्थ्य संस्था आबद्ध छन् । हाल स्वास्थ्य बीमा बोर्डमा दैनिक २५ देखि ३० हजार बिमितको ३ करोड दाबी आउने गरेको बोर्डले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्