काठमाडौँ । केहि जाली फटाहाहरु नोट नै नक्कली छाप्छन्, अनि किनमेल गर्छन् । १००० को नोट नक्कली दिएर केहि सामान किन्छन्, बदलामा सक्कली नोट फिर्ता लिन्छन्, १ लाखको गड्डीमा एउटा नक्कली नोट राखिदिन्छन् र बैंकमा पैसा डिपोजिट गर्छन् । बैंकले थाहा पाए, ला हो र भन्छन्, सोझो पल्टिन्छन्, थाहा नभए १ हजार फाइदा भईहाल्यो । बजारमा यसरी नक्कली नोट छाप्ने, वितरण गर्ने र बजारमा पुर्याउने थुप्रै ग्याङहरु सकिर्य छन् । र त पटक पटक प्रहरीले त्यस्ता ग्याङका केहिलाई पक्राउ गर्छ । महिनैपिच्छे नक्कली नोट बनाउने मेशिन र मान्छेसहित मान्छेहरु पक्राउ पर्छन् । तर यो धन्दा यतिसम्म बिकराल भईसकेको छ कि, जति मान्छे समातिए पनि बजारमा अझै पनि नक्कली नोट छ्यापछ्याप्ती छन् ।
बैंकरहरु त झन् नक्कली नोटले हैरान बनेका छन् । बजारमा नक्कली नोट दिनहुँजसो भेटिन थालेका छन् । हप्तामा २५–३० वटा नक्कली नोट भेटिन थालेपछि बैंकरहरु पनि तनावमा छन् । गड्डीमा एक दुई नक्कली नोट कसले हालिदिन्छ, त्यसले बैंकका कर्मचारी र कष्टमरबीच झगडा नै पर्छ ।
कसरी चिन्ने सक्कली र नक्कली नोट ?
१. नक्कली नोट छाम्दा चिप्लो र लुलो हुन्छ भने सक्कली नोट खस्रो र कडा हुन्छ ।
सक्कली नोटको कागज कटनबाट बन्ने स्तरीय हुने हुनाले तपाईंसँग भएको नोट अलि लुलो र चिप्लो छ भने सम्झनुहोस् त्यो नोट नक्कली हो ।
२. नोटमा उज्यालो पर्नेगरी हेर्दा सक्कली नोटको सेतो गोेलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुराँसको छाप स्पष्ट देखिन्छ । नक्कली नोटमा भने त्यस्तो छाप एक त देखिँदैन, कहिले देखिने गरी बनाएका नक्कली नोटमा त्यस्तो छाप देखिए पनि अस्पष्ट हुन्छ । नोटको दायातर्फ रहेको सेतो भागको बायाँतर्फको रङ्गीन आधा अक्षर (अङ्ग्रेजीमा लेखिएको एनआरबी)लाई उज्यालोतर्फ फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन।
३. नक्कली र जाली नोटलाई कान नजीकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ ।
४. नक्कली नोट सक्कली नोटजस्तो खासै चहकिलो देखिँदैन। सक्कली नोटको रङ स्पष्ट र सफा गाढा हुन्छ भने नक्कली नोट हल्का, अस्पष्ट र फुङ्ङ उडेकोजस्तो देखिन्छ ।
५. हुन त नेपाल राष्ट्र बैङ्कले चलनचल्तीको नोटलाई खुम्च्याउन, दोबार्न र च्यात्न नहुने व्यवस्था गरेको छ। तर, सर्वसाधारणले शङ्का लागेको खण्डमा नक्कली नोट हो कि सक्कली भनेर पत्ता लगाउन भने नोटलाई हातले कच्याककुचुक पारेर टेबलमा छोडिदिएमा त्यो नोट सक्कली हो कि नक्कली भन्ने पत्ता लगाउन सकिन्छ। यसो गरेमा सक्कली नोट हो भने विस्तारै केही फुक्छ तर नक्कली नोट छ भने कच्याक्कुचुक नै रहन्छ ।
६. नोटमा रहने सुरक्षण धागो (सेक्युरिटी थ्रेड)बारे पनि हामी सबैले जानकारी लिन जरुरी छ । सक्कली नोटमा सुरक्षण धागोमाथि अक्षर हुन्छ । तर, नक्कलीमा धागोपछि लेपका रूपमा मात्र राखेको हुनाले यस्तो देखिँदैन। नोटलाई उज्यालोतर्फ फर्काएर हेर्दा सेक्युरिटी थ्रेडमा नेपाल राष्ट्र बैङ्कको अङ्ग्रेजीमा लेखिएको एनआरबी अक्षर स्पष्ट देखिन्छ । नक्कली नोटमा भने सो अक्षर स्पष्ट देखिँदैन ।
७. सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाँबायाँ पार्दा छुट्टै चमक आउँछ भने जाली नोटमा यस्तो हुँदैन।
धेरै बैंकहरुमा नक्कली नोट पत्ता लगाउने मेशिन नै राखिएको हुन्छ । तर आम सर्वसाधारणको पहुँचमा त्यस्ता मेशिन नहुने हुनाले माथि उल्लेखित नक्कली नोट चिन्ने तरिका बुझ्न जरुरी छ ।
अव बुझौं नक्कली नोट सबैभन्दा बढी कता भेटिने जोखिम छ ?
विशेष गरेर भीडभाड तथा घुइँचो भएका पसल, मेला, हाटबजार, जुवातास खेल्ने ठाउँ र जाँडरक्सी खाने ठाउँमा नक्कली नोटको प्रयोग हुने बढी सम्भावना हुन्छ । घुइँचो भएका ठाउँमा, हतारमा र अँध्यारो भएका बेला गरिने कारोबारमा नक्कली नोटको प्रयोग हुने सम्भावना बढी भएकाले सतर्क हुनुपर्छ ।
अझ हामीले ख्याल गर्नुपर्ने विषय के छ भने अपरिचित व्यक्तिसँग कारोबार गर्दा यस्तो कुरामा विशेष ध्यान दिनुपर्छ । भीडभाडमा कारोबार गर्दा त झनै सतर्क रहनुपर्छ । रकमको कारोबार सधैं बैङ्किङ च्यानलबाट गरियो भने नक्कली नोटमा फसिने जोखिम निकै कम हुन्छ । अझ सबैभन्दा राम्रो त अनलाइन कारोबार गर्दा हुन्छ । अनलाइन कारोबार गर्दा नक्कली नोटमा फसिने डर निकै कम हुन्छ ।
अव तपाईंले बैंकबाट ल्याउनुभएको गड्डीमा नक्कली नोट पर्यो भने बैंकभित्रै थाहा भयो भने त बैंकले आफ्नो रिस्कमा तपाईंलाई अर्को नोट दिन्छ, तर तपाईं बाहिर आईसकेपछी बैंकले गड्डीमा नक्कली नोट नै पर्यो भने पनि तपाईंलाई अर्को सक्कली नोट नदिन सक्छ । त्यसैले नक्कली नोटबाट जोगिऔं, सकेसम्म अनलाइन कारोबार गरौँ, ढुक्क बनौं ।
तपाईंलाई कसैले नक्कली नोटको कारोबार गरिरहेको छ भन्ने जानकारी भयो भने सिधै प्रहरीलाई खबर गर्नुहोला । यो एउटा सचेत नागरिकको दायित्व पनि हो । अर्को महत्वपूर्ण कुरा के हो भने तपाईंले कुनै पनि प्रयोजनका लागि विना स्वीकृति नक्कली नोट फोटोकपि गर्न पाउनुहुन्न । फिल्मका लागि नक्कली नोट चाहियो भने पनि सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्छ । कुनै चित्र छाप्छु वा कुनै प्रयोजनका लागि पनि नोट फोटोकपि गर्न पाइन्न । कुनै ग्राहकले आएर फोटोकपि पसलमा यो नोटको फोटो कपि गरिदिनुहोस् भनेकै आधारमा फोटो कपि गरिदिंदा फोटोकपि पसले नै प्रहरीको फन्दामा परेका थुप्रै उदाहरणहरु छन् । यसतर्फ पनि तपाईंहामी सचेत हुन जरुरी छ । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्